कोरोना परिक्षणमा केपी.१’ र ‘केपी.२’ भाइरस पुष्टि
काठमाडौं ।नेपालमा कोरोना भाइरसको संक्रमण पुनः देखिएको छ। यद्यपि स्वास्थ संस्थाहरुले यो पहिलेको जस्तो घातक नभएकोले आत्तिनुपर्ने होइन भनेका छन् ।

नेपालमा अहिले भेटीएको भेरियन्टको नाम भने ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको बताइएको छ । काठमाडौंकै केही संक्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसलाई एकअर्कामा नसर्ने समेत भनेको छ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार ‘केपी.१’ र ‘केपी.२’ सब भेरियन्ट हो । यो त्यस्तो धेरै घातक पनि नभएको मन्त्रालयको भनाइ छ।