फालेलुङमा पोलियो खुवाईंदै

तारा पोख्रेल

पाँचथर। पाँचथरको फालेलुङ्ग गाउँपलिका-७ मा रहेको सिदिन स्वास्थ चौकी मार्फत यहि जेष्ठ १६ देखि १९ गते सम्म पोलियो खुवाउने कार्यक्रम रहेको छ।

सामुदायिक बिद्यालय तर्फ ६ वटा र एउटा निजि विद्यालय सहितका विद्यार्थीहरुलाइ पोलियो खोप भ्याक्सिन मार्फत खुवाउने कार्यक्रम रहेको छ । ५ बर्ष मुनिका फालेलुङ्ग-७ का ६ वटा सामुदायिक बिद्यालय र बोर्डिङकाका बालबालिकाहरुलाइ ८ केन्द्र बनाइ लगातार ३ दिन बिहान १० बजेदेखी बेलुका ४ बजेसम्म बसेर इम्युनिटी पोलियो भ्याक्सिन( IPV) लगाउने कार्यक्रम रहेको सिदिन स्वास्थ चौकिका प्रमुख बालगोबिन्द साहले जानकारी दिए।

पोलियो खोपको बारेमा सहजीकरण गरिदिन वडा नं ७ का सबै बिद्यालयका प्रधानाध्यापकहरुसंग स्वास्थ चौकिले छलफल गरिसकेको साहको भनाइ छ। सिदिन स्वास्थ चौकिले वडा नं ७ का सामुदायिक बिद्यालयहरुमा सिद्ददेबी माबीका प्रधानअध्यापक सुरेन शिशिर केरुङ्ग , थोक्पन आबिका प्रधानाध्यापक जेबि चाम्लिङ्ग , बिहिदिन आबिका प्रधानाध्यापक जय बास्कोटा, पापुन्दिन आबिका प्रधानाध्यापक कमल कुमार राई, छिन्तापुका प्रधानाध्यापक दिलिप कुमार बास्कोटा , सिन्हकन्या आबिका प्रधानाध्यापक डिल्लिहाङ्ग जबेगु र सेटलाइट बोर्डिङ स्कुलका प्रीन्सिपल समेतको सहभागितामा कार्यशाला गोष्ठी गरेको थियो ।

बालबालिकाहरु उचित पोषणको कमिले लुलो कमजोर भइ चल्न नसक्ने हुने अबस्थाबाट सुरक्षीत राखी बचाउन खोप दिइन्छ । यो देशबाट पोलियो रोग सदाका लागि निर्मुल बनाउन पहिले पोलियो खोप खुवाउने गरिन्थ्यो भने अहिले इन्जेक्सन मार्फत दिने गरिन्छ । स्वास्थ मन्त्रालयको उदेश्य चाहिँ खोप दिने उदेश्य राखी पाचथर जिल्लाभरका सबै बालबालिकाहरुलाइ पोलियो खोप खुवाउने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...