बाघको आक्रमणबाट महिलाको मृत्यु
बर्दिया, १० जेठ । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छिन् ।
बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् ।
उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । रासस