अन्ततः गृहमन्त्री लामिछाने संसदमा बोल्न पाउने !

फाइल तस्वीर

काठमाडौं, ६ जेठ । लगातार अवरुद्ध भइरहेको संसद बैठक आज सुचारु हुने संकेत देखिएको छ । विपक्षी दलहरुको बैठकले आज केही शर्तहरुसहित संसदमा अवरोध नगर्ने निर्णय बताएका हुन् ।

गृहमन्त्री रवि लामिछानेलाई पनि आजको संसद बैठकमा बोल्न दिने बैठकले निर्णय गरेको छ । ‘उहाँको कुरा सुनौं अनि त्यसपछि चित्तबुझ्दो नभएमा अरु केही प्रक्रिया चाल्ने भनेका छौं, संसदीय छानबिन समिति गठनको माग कायमै रहन्छ, बाँकी कुरा अहिले संसदमा देखिहाल्नुहुन्छ’, बैठकमा सहभागी एक नेताले परेवान्युजलाई बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो ।

यसअघि पटक पटक नेपाली काँग्रेस र अन्य विपक्षी दलको अवरोधले संसद चल्न सकेको थिएन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय