बागमती प्रदेशका तीन संसदीय समितिमा सभापति चयन

काठमाडौं, ५ जेठ । बागमती प्रदेशसभाका तीन वटा संसदीय समितिका लागि सभापतिहरु चयन भएका छन् । शनिवार भएको निर्वाचनबाट प्रदेश मामिला, सार्वजनिक लेखा र शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति सर्वसम्मत रुपमा चयन भएका हुन् ।

प्रदेश मामिला समितिको सभापतिमा नेपाली काँग्रेसका छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसकै श्रीराम लामिछाने सर्वसम्मत रुपमा चयन भएका छन् । शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल चयन भएका छन् ।

शनिबार साँझ नै बैठक बोलाइएको अर्थ तथा विकास समिति सभापतिमा राप्रपाका नुरज बज्राचार्य सभापति चयन हुँदैछन् । उक्त समितिको सभापतिमा शुक्रबार भएको मनोनयनमा उनको मात्र उम्मेदवारी परेको छ ।

एमालेको भागमा परेको उद्योग, पर्यटन तथा वातावरण समिति र शनिबार प्रदेशसभा बैठकले गठन गरेको विशेषाधिकार समितिको निर्वाचन भने सोमबार बिहान १० बजेका लागि तोकिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय