संसद बैठक बस्दै नबसी स्थगित

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक शुक्रबार बस्न सकेन। दुबै सदनको बैठक बस्दै नबसी स्थगित भएको छ। बैठक अब जेठ ६ गते आइतबार मात्रै बस्नेछ ।

सुरुमा शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो।तर, राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजे बोलाइएको बैठक पनि स्थगित गरिएको हो।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको चिवालयका अनुसार, अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजे बोलाइएको छ।

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ।

हिजो (बिहीबार) को बैठकमा पनि सोही माग राख्दै कांग्रेसले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको थियो। कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए।

कांग्रेसको माग पूरा गरेर संसद् अवरोध अन्त्य गर्नेगरी शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन्। आजै बिहान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित विपक्षीदलहरुको बैठक बसेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय