भुर्तेल र दीपेन्द्रको अर्धशतकमा नेपालले विनवार्ड्सलाई हरायो

काठमाडौं, १ जेठ । आइसिसी टी२० विश्‍वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले सेन्ट भिन्सेन्टमा भएको पहिलो अभ्यास खेलमा जीत हासिल गरेको छ । नेपालले विनवार्ड्स भोल्कानोजलाई ४ विकेटले हराएको हो ।

विनवार्ड्सले दिएको १९७ रनको बलियो लक्ष्य नेपालले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ्ग गरे । अन्तिम २ ओभरमा ३८ रन चाहिएको अवस्थामा दीपेन्द्रले उक्त ओभरमा ४ छक्का प्रहार गरे र सोसहित नेपालले कुल २० रन जोड्यो ।

अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा सोमपालले छक्का २ रन र चौका प्रहार गर्दै नेपाललाई जीत दिलाए । दीपेन्द्रले ५२, सोमपालले ३२ र त्यसअघि कुशल भुर्तेलले ७९ रन बनाए ।

एक समय १०० रन भित्रै ५ विकेट गुमाइसकेको नेपालले छैटौं विकेटका रुपमा भुर्तेल आउट हुँदासम्म ११७ रन बनाएको थियो । त्यसपछि दीपेन्द्र र सोमपाल मिलेर नेपाललाई जीत दिलाए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय