मुम्बईमा आँधीहुरीपछि होर्डिङ बोर्ड खस्दा च्यापिएर १४ जनाको ज्यान गयो (भिडियो)
एजेन्सी, १ जेठ । भारतको मुम्बईमा आँधीहुरिका कारण विशाल होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ ।
मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड सोमबार अपरान्ह भएको वर्षा र हुरीसँगै खसेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटनामा परी १४ जनाको मृत्यु भएको र करिब ७० जनालाई जीवितै उद्धार गरिएको छ ।
७०x५० मिटर ठूलो यो होर्डिङ बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो । त्यहाँ हुरीबतास र वर्षाका कारण मानिसहरु ओत लागेका थिए ।
घटनास्थलमा गएराति अबेरसम्म उद्धारकार्य जारी थियो ।
भिडियो: