जसपाले सरकार छाड्ने, उपेन्द्र राजीनामाको तयारीमा
काठमाडौं, ३१ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यकारिणी समितिको आइतबार बसेको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पार्टी विभाजनदेखि लिएर पार्टीको अबको रणनीति र सरकारमाथिको समर्थनलगायतका विषयमा बैठकमा छलफल भएको र त्यसपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने नै सबैको राय रहेको एक नेताले बताएका छन् । यसबारेको निर्णय आज सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा थप परिपक्व हुने बताइएको छ ।
प्रधानमन्त्रीले हटाउनुभन्दा आफैँले सरकार छोड्नु उचित हुने बैठकले निष्कर्ष निकालेको छ । भोलि केन्द्रीय समिति बैठकसँगै उनले राजीनामा दिने स्रोतले बतायो ।