रविलाई बोक्दा प्रचण्ड अफ्ट्यारोमा !

काठमाडौं, २९ वैशाख । सत्ता गठबन्धन भित्रको तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई काँधमा बोक्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं अफ्ट्यारोमा परेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई आफ्नै पार्टी र नागरिक समाजदेखी सर्वसाधारणले समेत गृहमन्त्रीको बिबादास्पद बिषयमा साथ नदिन आग्रह गरेका छन् । त्यसैगरी सहकारी पीडित र मिटरब्याजी पिडितले समेत गृहमन्त्रीको आलोचना गरेका छन् । रवि लामिछाने गृहमन्त्री भएर आएपछि निर्मला पन्तको हत्यारा पत्ता लगाउनेदेखी सहकारी र मिटरब्याजी पीडितलाई न्याय दिलाउने,भ्रष्टाचारको फाइल खोल्ने र ठुला माछा समाउने जस्ता कुरा गरेपनी ती सबै हावादारी सावित भएको छ। समातिएकाहरु पनि हिरासतबाट अस्पताल हुँदै छुटीसकेका छन् ।

सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई उक्त आरोपबाट बचाउने नाममा प्रधानमन्त्री प्रचण्डले खुल्ला कार्यक्रममै रविलाई ‘निर्दोष’ भएको भन्न भ्याएका थिए भने महान्यायाधिवक्ता मार्फत पनि उन्मुक्तिको प्रमाणपत्र दिलाउने प्रयास गरेका थिए। यद्यपि गृहमन्त्री लामिछानेले ‘होइन’,’छैन’ र ‘थाहा भएन’ भनेका कतिपय कुरामा प्रमाणहरु भेटिन थालेपछि प्रधानमन्त्री थप अफ्ट्यारोमा पर्ने निश्चित छ। गृहमन्त्रीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत राम्रोसँग साथ दिएका छन् । रवि विरुद्ध बोल्ने जोकोहीलाई ओली र एमाले नेताकार्यकर्ताले संरक्षण गर्ने गरेको कुरा स्पष्ट नै छ।

गृहमन्त्रीको राजिनामा मागिरहेको नेपाली कांग्रेसले संसद अवरुद्ध गरिरहेको छ भने संसदिय छानबिन समितिको माग पनि यथावत राखेको छ। यहि अवस्थामा संसदको बजेट अधिवेशन तथा निति तथा कार्यक्रम प्रभावित हुनसक्छ । त्यसैगरी प्रधानमन्त्री तथा माओवादी पार्टी अध्यक्ष स्वयंले गृहमन्त्रीलाई बोकेको कुरामा माओवादी पार्टी भित्रै पनि विवाद रहेको छ। पार्टीका शक्तिशाली नेताहरू जनार्दन शर्मा,सुदन किराँती,रामनारायण बिडारी,महेन्द्र बहादुर शाही र वाइसीएल अध्यक्ष सुबोध श्रीपाइलीले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने भनेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय