लियो क्लब अफ चौतारी पोखराको साधारण सभा सम्पन्न
पोखरा । पर्यटकीय नगरी पोखरामा स्थापना भएको लियो क्लब अफ चौतारी पोखराको २५ औं साधारणसभा सम्पन्न भएको छ।
पोखरा न्युरोड स्थित पाल्पा हाउसमा सम्पन्न साधारणसभा क्लबका पुर्वअध्यक्ष तथा प्रमुख क्लब सल्लाहकार हरिहर पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष कुशल अर्याल लगायत सम्पूर्ण क्लबका सदस्य को उपस्थित रहेको थियो ।
साथै सभाबाट क्लबको आगामी लियो वर्ष २०२४/०२५ का लागी शहन्सिल बरालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। जसको उपाध्यक्ष केनुका थापा, साधना हमाल छन् भने सचिवमा स्मृती पौडेल र कोषाध्यक्षमा प्रमिसा पौडेल तथा सह-सचिवमा बिबेक आचार्य निर्वाचित भएका छन् । यसैगरी सह-कोषाध्यक्ष अनिशा पौडेल,जन सम्पर्क अधिकारी आसीका रानाभाट, टेमर भागवन महत ,सचेतक सुजिता आचार्य,आईटी हेड समित पौडेल,खेल विकास अधिकृत अनुपा पौडेल, अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत धनिराम शर्मा, संस्कृति संरक्षण जमुना पौडेल, मिडिया समिति अधिकृत पुरुषोत्तम पराजुली, मुख्य समिति अधिकृत ज्ञानेन्द्र कंडेल चयन भएका छन् ।
सदस्यमा अर्जुन अधिकारी, अस्विन पौडेल,गरिमा पौडेल, निकिता सुवेदी, निश्चल भण्डारी, निशा सुबेदी, प्रदिप बास्तोला, सज्जन ढुंगाना, संजय थापा निर्वाचित भएका छन् ।
सभाका प्रमुख अतिथि हरिहर पराजुलीले निर्वाचित भएका सबै पदाधिकारी एवं सदस्यलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिएका थिए।