कक्षा १२ को परीक्षा केन्द्रमा राष्ट्रिय परिक्षा बोर्डका कर्मचारीको दादागिरी !
काठमाडौं, २३ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका कर्मचारीको मनोमानी र धम्कीका कारण हाल संचालन भैरहेको कक्षा १२ को परीक्षा केन्द्रमा विद्यार्थी र केन्द्राध्यक्ष त्रासमा छन् । परिक्षा केन्द्र अनुगमनको नाममा पुग्ने बोर्ड कर्मचारीको असभ्य र अमर्यादित व्यवहारका कारण परिक्षा समेत प्रभावित हुन सक्ने देखिएको छ।

बोर्डका कर्मचारीले परिक्षा हलमा प्रवेश गरि केन्द्राध्यक्ष र विद्यार्थी समेतलाई धम्की दिन थालेपछि परिक्षा नै प्रभावित हुनसक्ने देखिएको हो। यसमा धेरै विद्यार्थी, केन्द्राध्यक्ष र विद्यालय संचालकहरुको गुनासो आएको छ। यो पटकको कक्षा १२ को बोर्ड परीक्षा वैशाख १४ गतेबाट सन्चालन भैरहेको छ।

काठमाडौं उपत्यकाको परीक्षा केन्द्रहरुमा परीक्षा अनुशासित र मर्यादित रुपमा सन्चालन भैरहेको विद्यालय र शिक्षकले बताएका छन् । परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको विशेष निर्देशनमा सबै केन्द्रहरुमा मर्यादित र व्यवस्थित रुपमा परिक्षा चलिरहेको देखिन्छ।
तर,परिक्षा बोर्ड बागमतीका केही कर्मचारीले भने परीक्षा केन्द्रहरुमा पुगेर विद्यार्थीको मनोबल नै खस्किने गरि अनावश्यक दु:ख र हैरानी दिने गरेको गुनासो सुनिएको छ।परिक्षा अनुगमनको नाममा उनीहरु दिनहुँ जस्तो परिक्षा चलिरहेको कक्षा कोठामा हुल बाँधेर प्रवेश गरी विद्यार्थीलाई नै त्रास र मनोबैज्ञानिक असर पुग्ने गरि व्यवहार गरिरहेको विद्यार्थीको गुनासो छ। उनीहरुले केन्द्राध्यक्षलाई समेत अनावश्यक प्रश्न गर्ने र धम्किपुर्ण व्यवहार देखाउने गरेको गुनासो पनि छ।
बिशेषगरी रिङरोड बाहिर रहेका परिक्षा केन्द्रमा उनीहरुको दैनिक अनुगमनको नाममा प्रवेश हुने गरेको छ।’अनुगमन गर्न पाइन्छ र गर्नुपनि पर्छ तर,अनुगमनको नाममा हुलका हुल प्रवेश गर्ने र अनावश्यक टर्चर दिने काम दु:खद हो’-एक केन्द्राध्यक्ष भन्छन् ।परिक्षा बोर्चाको कर्मचारी भएकै कारण रवाफ देखाउने र रुखो अनि धम्किपुर्ण शब्द बोल्ने कुराले विद्यार्थी र केन्द्राध्यक्षलाई मानसिक असर पुग्न सक्ने चाबहिल, कपन,जोरपाटी लगायत क्षेत्रका केही विद्यालय संचालक र केन्द्राध्यक्षहरुको गुनासो छ्।
परिक्षा बोर्डबाट आएका कर्मचारी सहयोगी र निर्देशन दिने हिसाबले भन्दापनि धम्क्याउने र हतोत्साहित बनाउने सोचकासाथ प्रस्तुत हुने तथा रुखो र हुकुमी शैली देखाउने गरेको उनीहरुको गुनासो छ। परिक्षामा लेखिरहेका परीक्षार्थीलाई अनावश्यक रुपमा उठाउने, ठाउँसार्ने, अनावश्यक छामछुम गर्ने, कक्षाका निरीक्षक शिक्षकहरुलाई झपार्ने कुराले अमर्यादित काम बोर्ड कर्मचारी बाट नै भएको विद्यालय संचालकहरुको भनाइ छ।’बोर्डका कर्मचारी परिक्षालाई मर्यादित बनाउने भन्दापनि अरु नै उदेश्यले आउनु भएको हो कि जस्तो पो लाग्दछ’ एक केन्द्राध्यक्ष भन्छन्-,’हामीले धेरै वर्षदेखि परीक्षा चलाएका छौ, एक हिसाबले आफ्नो दायित्व बहन गरेर राज्यलाई नै सहयोग गरेका छौं ।यदि हाम्रो विश्वास नभए परिक्षा बोर्ड आफैंले परिक्षा चालाए भैगो त !’
परिक्षा चलिरहेको बेलामा केही सुरक्षाकर्मी र कर्मचारीले केन्द्राध्यक्षको अनुमति विपरीत शरीर छाम्नु र सम्बेदनशील अंगहरुमा हात पुर्याउनु गलत भएको विद्यार्थीहरु बताउँछन् । परिक्षा बोर्ड बागमतीको यो व्यवहारले विद्यार्थी र केन्द्राध्यक्ष मात्रै होइन विद्यालय संचालकहरु समेत दु:खी भएका छन् ।यसलाई सम्बन्धित निकायबाट उचित सम्बोधन नभए धेरै केन्द्रहरुमा अशान्ति र झडप हुनसक्ने र परिक्षा प्रभावित हुनसक्ने केन्द्राध्यक्षहरुको भनाइ छ।