अर्कैसँग बोलेको ४ मिनेटको अडियो सुनेर श्रीमतीको हत्या

काठमाडौं, २२ वैशाख । काठमाडौ महानगरपालिका-६ भुवलडाँडा बस्ने एक ब्यक्ति बिहानै हस्याङ फस्याङ गर्दै प्रहरी वृत्त बौद्धमा आइपुग्छ। प्रहरी वृत्त पुगेपछि हतार र हतास मनस्थितिमा हडबडाउदै उसले ‘मैले श्रीमती मारें’ भन्दै बोलेको शब्द सुनेपछि प्रहरी पनि आत्तिनछन् ।

गत बुधबार विहान ८:४३ तिरको समयमा बौद्ध प्रहरी वृत्तको गेटमा पुगेर ‘मैले श्रीमतीलाई कुटेर हत्या गरेँ सर’ भन्ने ब्यक्ति ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ घर भै कामपा-६ भुवलडाडा डेरागरी बस्ने सन्तोष परियार थिए। जसले प्रहरीलाई दिएको पहिलो बयानमा श्रीमतीको अर्कै पुरुषसंग नाजायज सम्बन्धको शंका र ४ मिनेटको अडियोमा सुनेपछि रिसले हिर्काएको भन्ने छ।

हत्याराकै बयान र सुचनाका आधारमा प्रहरी वृत्तका प्रमुख डीएसपी राजु पाण्डे टिमसहित तत्काल घटनास्थलमा पुगे । भुवलडाँडा स्थित एक घर (घरधनीको नाम उल्लेख गर्न आवश्यक नभएको)को भुईँ तलामा ढोका खोलेर हेर्दा ३५ वर्षीया अनिसा चाहार मृत अवस्थामा भेटिइन् । श्रीमानको कुटाइले प्राणपखेरु उडेको अवस्थामा चाहार ओछ्यानमा मृत अवस्थामा भेटिईन् । त्यसपछि प्रहरीले तत्काल शव पोष्टमार्टमको लागि त्रिवी शिक्षण अस्पताल पठायो र बाँकी तथ्य बुझ्न थाल्यो।

बुझ्ने क्रममा प्रहरीले हत्यामा संलग्न आरोपी सन्तोष ओलखढुंगाको सिद्धिचरण नगरपालिका-३ का स्थानीय भएको र उनले हत्या गर्नु अगाडी नै श्रीमतीको चालचलन नियालेर बस्ने गरेको खुल्यो। त्यसदिन पनि विवाद बढ्दै जाँदा उनले श्रीमतीलाई अनेक लान्छना लगाउन थाले । दुई जनाबिच हातपातको अवस्था आयो। अनि उनले पहिलै श्रीमतीको गतिविधि माथि शंका लागेपछि मोबाइलमा अडियो रेकर्ड सेट गरेर छाडेको खुल्यो।

सन्तोषले अनिसाले कसैसँग गरेको कुराकानी अनिसाकै मोबाइलमा रेकर्ड भएर बसेको र एउटा पुरुषसँग बोलेको ४ मिनेटको अडियो सुनेर आफूलाई पीडा भएपछि सहन नसकी कुटेर हत्या गरेको बयान दिइसकेका छन् ।

प्रारम्भिक सूचना अनुसार उनीहरु दुवैको यो पहिलो बिबाह थिएन। अनिसाले सन्तोषसँग तेस्रो र सन्तोषले अनिसासँग दोस्रो विवाह गरेको खुलेको छ। दुईपटक कतार र मलेसिया गएर फर्केका सन्तोष पछिल्लो समय बौद्धस्थित भुवलडाँडामा बस्दै आएको बुझिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय