डीभीको नतिजा आज (यसरी हेर्नुहोस् )
काठमाडौ। के तपाईंले अमेरिकी डाइभर्सिटी भिषा अर्थात डिभी भर्नुभएको छ ? यहि छ भने अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ ।

हिजो शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । वैशाख २२ गते (आज) राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।

यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ । तपाईलाई डिभी पर्यो भनेर कसैले मेसेज गर्ने वा ह्वाटसप कल गर्ने गर्यो भने त्यो सत्य होइन। तपाईंको डिभी परेको नपरेको नतिजा आफैंले हेर्न मिल्छ।