सहकारी ठगीमा जोडिएपछि राप्रपा सांसद फरार

सांसद गिता बस्नेत

काठमाडौ। सहकारी ठगीमा नाम मुछिएपछी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की एक सांसद फरार भएकी छन् ।

स्रोतका अनुसार राप्रपा सांसद गीता बस्नेतमाथि नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको हो । उनी अहिले फरार रहेको र अदालतबाट पक्राउ पुर्जी जारी भएको बुझिएको छ।

सांसद बस्नेतसहित उनको समूहले सहकारीको १ करोड ५० लाख भन्दा बढी रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । अनुसन्धानको क्रममा सांसद बस्नेतको पनि संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्नका लागि अदालतसँग अनुमति माग गरेको र अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले बताएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...