नेपाल भर्सेज् वेस्ट इन्डिज ए: आज तेस्रो टी-२० खेल हुँदै

 

काठमाडौं, १९ वैशाख । काठमाडौंमा जारी नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० श्रृंखला अन्तर्गत आज तेस्रो खेल हुँदै छ । त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि खेल सुरु हुने छ ।

पाँच खेलको सिरिजमा हालसम्म २ खेल खेल्दा सिरिज १-१ को बराबरीमा छ । शनिबार भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो भने आइतबारको खेलमा वेस्ट इन्डिज ए १० रनले विजयी भएको थियो ।

आउँदै गरेको टी२० विश्‍वकपको तयारीका स्वरुप यस श्रृंखलालाई महत्वका साथ हेरिएको छ । वेस्ट इन्डिजले पनि विश्‍वकप टोलीमान समावेश गर्न हालको ए टोलीबाट २-३ जना खेलाडी छनौट गर्न सक्छ । नेपालले पनि अन्तिम टोलीको टुङ्गो लगाउन सहज हुनेछ ।

पाँच खेलको श्रृंखला अन्तर्गत चौथो खेल बिहिबार हुनेछ भने अन्तिम खेल शनिबार हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय