चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन

काठमाडौं, १७ बैशाख । चलचित्र माइतीघरका नायक सिपी लोहनीको सोमबार काठमाडौमा निधन भएको छ ।
उनको उपचारको क्रममा काठमाडौंको माइतीघरस्थित् अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले जानकारी दिए ।उनी स्वाँसप्रश्वाँस समस्याका कारण अस्पताल भर्ना भएका थिए । ८६ वर्षीय लोहनीको आइसियूमा उपचार भएको थियो ।
सन् १९६६ मा रिलिज भएको नेपालको पहिलो व्यवसायिक चलचित्र माइतीघरमा लोहनी लिड रोलमा थिए ।सिपीले फिल्म ‘माइती घर’ की नायिका माला सिन्हासँग नै विवाह गरेका थिए ।

