गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एकजनाको मृत्यु, १२ घाइते

गुल्मी, १६ वैशाख । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको जिप गएराति सत्यवती गाउँपालिका वडा नम्बर–४ मौरीओडारमा सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै घाइतेमा ३१ वर्षीय कृष्ण थापा, ३५ वर्षीय यसबहादुर बुढाथोकी, ४० वर्षीय खेमु श्रीस, ६० वर्षीय दुर्गाबहादुर राना, ३१ वर्षीय भुपेन्द्रदेव थापा, ५३ वर्षीय पदम बहादुर बुढाथोकी, ३१ वर्षीय भरत बुढाथोकी, २६ वर्षीय मिलन राना, २६ वर्षीय ठगबहादुर बुढाथोकी, ३४ वर्षीय घनश्याम बुढाथोकी, ६ वर्षीय चिनबहादुर राना र चालक २९ वर्षीय शंकर विक छन् ।

घाइतेहरुमध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ भने अन्य घाइते ८ जनाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । केही घाइतेको अवस्था मध्यम रहेको छ ।

ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय