तेस्रो लगानी सम्मेलनमा ९ खर्ब को परियोजना प्रस्तुत गरिन

काठमाडौ।सरकारले देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर बिकास र समृद्धि हासिल गर्न कलकारखाना, उद्योगधन्दा स्थापना सहित आर्थिक गतिविधि संचालन गर्ने लक्ष्यका साथ आज(आइतबार) देखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन गर्दैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५० भन्दा बढी देशका करिब १ हजार ५ सय लगानीकर्ताले भाग लिने छन् ।

लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छ। यसैगरी १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने समेत जनाइएको छ । सम्मेलन भोलिसम्म चल्नेछ।

आज उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् भने भोलि ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।

उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एशिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय