जतनपुरे पोख्रेलको साधारणसभा सम्पन्न

ताराप्रसाद पोख्रेल

गाइघाट,उदयपुर । जतनपुरे पोख्रेल बंश प्रतिष्ठानको दोश्रो बार्षिक साधारण सभा शनिबार उदयपुरको गाइघाट स्थित राजाबासमा सम्पन्न भएको छ।
पुर्व सभासद नरेन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा थुप्रै बिशिस्ट ब्यक्तिहरुको सहभागिता थियो।
सो अवसरमा एक सय ५० भन्दा बढीको उपस्थिति रहेको र विभिन्न ब्यक्तिले आफ्ना धारणा राखेका थिए। सोही अवसरमा पुर्व दमकबाट कुल धामी कृष्ण प्रसाद पोख्रेल, रामचन्द्र पोख्रेल, प्रेम प्रकाश फलहारी लगायतले आ-आफ्नो बिचार राखेका थिए । बिचार राख्ने क्रममा बक्ताहरुले सबै पोख्रेल एक भएर एउटा सिङ्गो पानी पोख्रेल बंश प्रतिष्ठान बनाउनु पर्नेमा जोड दिए।
प्रतिष्ठानका अध्यक्ष राधाकृष्ण पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा टुक्रा-टुक्रा भएर विभिन्न स्थानमा छरिएर रहेका पोख्रेल बन्धुहरु एक हुनुपर्ने सबैको बिचार थियो। पानी पोख्रेलहरु जुन ठाउँमा भएपनी एकै ठाउँ हुनुपर्छ भन्दै सहभागीले जब सबै पोख्रेल एक हुन्छ्न शक्ति पनि ठूलो हुन्छ भन्ने धारणामा सहमति जनाएका थिए।


देशका विभिन्न ठाउँमा केन्द्रिय कार्य समिती बनाएर आ-आफैं अगाडी बढ्दा प्रतिष्ठानको गौरव भन्दा अरुका लागि तमासा हुने र फुट र बिभाजन भएको देखिने भन्दै उनीहरुले पोख्रेलहरुको आफ्नै धर्म संस्कृती भएपनी अलग-अलग संस्था हुन नहुनेमा जोड दिएका थिए। यदि सबै पोख्रेल एक भए धर्म सस्कृती पनि एउटै हुनुपर्छ भन्ने उनीहरुको राय थियो।


जतनपुरे पोख्रेल बंश प्रतिस्ठानले ७० बर्ष माथिका वृद्धबृद्धाहरुलाई ढाकाटोपी तथा रामनामिले सम्मान गरिएको थियो । त्यसैगरी प्रतिष्ठानमा महत्वपूर्ण योगदान गर्ने ब्यक्तित्वहरुलाइ पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ,सचिब र कोषाध्यक्षले आ-आफ्नो कार्यपत्र पेश गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय