धरौटीको ४ लाख नभएर होइन पुनः पक्राउ पर्ने सूचना पाएपछि दिपेश थुनामै बस्न खोजे !

काठमाडौं, १२ वैशाख । रुपन्देही जिल्ला अदालतबाट ४ लाख धरौटी माग भएपछि पुर्व उपराष्ट्रपति पुत्र दिपेश पुन छुट्ने अनुमान धेरैले गरेका थिए। उनको धरौटीको लागि ४ लाखको खोजी भैरहेको कुरा दिपेशका साथी र आफन्तले फेसबुकमा समेत लेखे। तर,धरौटी बुझाउन कोहि गएनन् र दिपेश थुनामै पुगे।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा आरोपी रहेका दिपेेेशले धरौटी नबुुझाइ पुनः थुनामै जानुको कारण भने अर्कै रहेको बुझिएको छ। माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका दीपेश पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनका कान्छो छोरा हुन। उनि एक सातादेखि धरौटी रकम नबुझाएका कारण थुनामै बसेका छन् । तर,धरौटी बुझाउन नसकेको होइन नचाहेको भन्ने कुरा बाहिर आएको छ। कारण उनी धरौटी बुझाएर छुट्ने बित्तिकै पुनः अर्को मुद्दामा पक्राउ पर्ने सूचना चुहिएको थियो।रुपन्देहीमा धरौटी रकम बुझाएर बाहिर निस्केपछि काठमाडौंमा रहेको सुन प्रकरण मुद्दामा प्रहरीले लैजाने सूचना पाएपछि चलाखीपूर्वक धरौटी रकम बुझाउन आनाकानी गरेर दिपेश थुनामै बसेको स्रोतको भनाइ छ। यद्यपि अब दिपेशलाई सिआईबीले काठमाडौं ल्याउने बुझिएको छ ।

सहकारी काण्डमा रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि दिपेश सहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।अन्यले धरौटी बुझाएर छुटेपनि दिपेशले भने ४ लाख धरौटी रकम नबुझाएका कारण थुनामुक्त नभएको अदालतको भनाइ छ।

२०८० चैत २ गते सुन तस्करी प्रकरणमा मुछिएका दीपेश काठमाण्डौमा पक्राउ परेपछि सोही दिन सहकारी ठगी प्रकरणमा छानविन गर्न बुटवल लगिएको थियो । चिनियाँ सुन तस्करसँग दिपेशको सम्पर्क र सम्बन्ध देखिएपछि सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणमा दीपेशलाई सामान्य सोधपुछ पछि कागज गराएर छाडेको थियो । तर, त्यसपछि दिपेशका दाजु जितेन्द्र पुन र तत्कालीन उपराष्ट्रपति रहेका बाबु नन्दबहादुर पुनको वैदेशिक मामिलाविज्ञ जीवनकुमार गुरुङ समेत तस्करीमै संलग्न रहेका प्रमाणहरू बाहिर आएपछि दिपेशमाथि पनि अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले पक्राउ गरेको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय