झापामा बोलेरो र मोटरसाइकल ठक्कर खाँदा ३ जनाको मृत्यु

झापा, १२ वैशाख । झापामा बुधबार विहान दुई सवारी आसपसमा ठोक्किँदा तीन जना युवकको मृत्यु भएको छ ।

बिहान करिब पौने ६ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्त शिवसताक्षी- ८  झिलभिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरो आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुने युवकहरुको उमेर अन्दाजी २० देखि २२ वर्षको देखिएको छ भने सनाखत हुन बाँकी छ । मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै र एक जनाको बीएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।

दुर्घटनापछि बोलेरो र चालक झापाको मेचीनगर भएका ४५ वर्षीय ऋषिराज गिरीलाई नियन्त्रणमा लिइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय