भ्रष्टाचार र कुशासन विरुद्ध नेसपा सडक संघर्षमा

काठमाडौ । पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले वैशाख १९ गते सडकबाट सत्ताको भण्डाफोर गर्ने भएको छ।
मे १ अर्थात १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेसपा र नेसपा निकट नेपाल समाजवादी ट्रेड युनियन लगायत अन्य भ्रातृसंगठनले रत्नपार्क स्थित शान्तिवाटिकामा कार्यक्रम गर्न लागेको हो।

भ्रष्टाचार, कुशासन, उथलपुथल अस्थिरता र नालायक सत्ता स्वार्थको विरुद्ध नेसपाले सडकबाट नयाँ उद्घोष गर्न लागेको हो। भ्रष्टाचार र कुशासनले देश बर्बाद भन्दै गएपनी दलहरू सत्ता छिनाझम्टी र भागबन्डामा मात्रै ब्यस्त रहेको आरोप समेत लगाएको छ।

नेसपाको एउटा समुह नेकपा माओवादी केन्द्रमा प्रवेश गर्न लागेको छ। पुर्व मन्त्री महेन्द्र राय यादव सहित रमेश यादव,गङ्गा श्रेष्ठ र बन्दना सुवेदी माओवादी प्रवेश गर्ने तयारीमा छन् । उता डा.भट्टराईले भने पार्टीलाई बैकल्पिक राजनीतिको यात्रामा नै अगाडि बढाउदै सुदृढीकरण र महाधिवेशनको तयारीमा लाग्ने बताएका छन् ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय