२०८० मा सर्वाधिक बिक्रि भएका कार कुन कुन हुन ?

काठमाडौं । बिक्रम सम्बंत २०८१ साल सुरु भएको छ। २०८० को बिदाइ र नयाँ वर्ष २०८१ लाई स्वागत गर्दै गर्दा नेपाली अटो बजारमा सर्वाधिक बिक्रि भएका कार कुन-कुन होलान् ?
अन्य क्षेत्रको ब्यापार जस्तै २०८० मा गाडी बिक्री पनि सोचेजस्तो भएन। यद्यपि अघिल्लो बर्ष २०७९ को तुलनामा २०८० मा भने केही गाडी बढी बिक्री भए । त्यसमा पनि पेट्रोलियम गाडी भन्दा विद्युतीय गाडीको बिक्री बढी भएको तथ्यांक देखिन्छ।
गाडी व्यवसायीको कुरालाई मात्रै आधार मान्ने हो भनेपनी बर्ष २०८० मा झण्डै ११ हजार गाडी नेपाल भित्रीएका थिए। अन्तिम दिनसम्मको मोटामोटी तथ्यांक हेर्दा १० हजार ७ सय भन्दा बढी इलेक्ट्रीक कार आयात भएका छन् ।
बिक्रिका हिसाबले केही मोडलको बिक्री संख्या धेरै नै राम्रो रहेको छ । वि.सं. २०८० साल सबैभन्दा बढी एटो-थ्रीको गाडी नेपाल भित्रिएको देखिन्छ । यसका झण्डै १ हजार ८ सय यूनिट एटो–थ्री नेपाल आएको थियो। ५६ लाख र ६६ लाख मूल्यमा उपलब्ध यसका दुई भेरियन्टको कार नेपालमा बिक्री भएको देखिन्छ ।
त्यसैगरी टाटाको टियागो गाडी पनि नेपालमा झन्डै १ हजार ३ सय यूनिट हाराहारी बिक्री भएको अनुमान छ। टियागो ईभीमा ५० किलोवाटको इलेक्ट्रीक मोटर र २४ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसको बजार मूल्य २२ लाख ९९ हजारदेखि २८ लाख ९९ हजारसम्म छ ।
त्यस्तै अर्को बढी बिक्रि भएको एमजी जेडएस ईभी पनि नेपालमा २०८० मा एक हजार भन्दा बढी बिक्रि भएको छ। यो २०२० देखि सदावहार बिक्री भैरहेको इलेक्ट्रीक एसयूभी हो । जेडएस ईभीमा ५१ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट आवरको इलेक्ट्रीक मोटर रहेको छ । ५२ लाख ९९ हजार मूल्य रहेको जेडएस ईभी आफ्नो पर्फमेन्स, कम्फर्ट र लुक्सको कारण सफल भएको हो ।

