गुल्मीमा रहेको विद्युतीय सबस्टेशनमा आगलागी

गुल्मी, ८ वैशाख । गुल्मीको गुल्मीदरबार गाउँपालिका-४ स्थित एक जङ्गलमा लागेको आगो विद्युतीय सबस्टेसनमा समेत सल्किँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ ।

रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरु दमकलसहित खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय