पोखरा महानगरका इन्जिनियर बराल घुस लिएको आरोपमा पक्राउ

पोखरा, ५ वैशाख । पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल घुस लिएको आरोपमा पक्राउ परेका छन् । महानगरको घर-नक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय पोखराले पक्राउ गरेको हो ।

पोखरा-१० का एक सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिएपछि महानगरपालिकाकी इन्जिनियर उषाकिरण रोकाया अघिल्लो साता रंगेहात पक्राउ परेकी थिइन् । उनी सहित गोदार कन्सल्टेन्सीका सहयोगी सुरज कुँवर पनि डेढ लाख घुससहित पक्राउ परेका हुन् ।

सोही विषयमा अनुसन्धान गर्दा बरालको पनि संलग्नता देखिएको आरोपसहित अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय