प्रहरीसँगको भिडन्तमा २९ माओवादी मारिए

काठमाडौं । भारतमा माओवादी र प्रहरी बिच भिडन्त हुँदा २९ माओवादी मारिएका छन् । माओवादी प्रभावित क्षेत्र छत्तीसगढमा प्रहरीसँग माओवादीको भिडन्त भएको र भिडन्तपछि मुठभेड स्थलबाट २९ जना माओवादीको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ ।

भिडन्तमा तीन सुरक्षाकर्मी पनि घाइते भएका बीबीसीले जनाएको छ । यसअघि प्रहरीले १८ माओवादी मारिएको दाबी गरेको थियो । प्रहरीका अनुसार मंगलबार दिउँसो कांकेरको छोटाबेटिया क्षेत्रमा माओवादीसँग भिडन्त भएको थियो ।

अप्रिल १९ मा लोकसभाका लागि मतदान हुन लागेका बेला मुठभेड भएको हो । माओवादीले निर्वाचन बहिष्कार गर्न अपिल गर्दै आएको छ । भारतमा बिद्रोही माओवादीले केही प्रदेशमा अहिले पनि सशस्त्र जनयुद्ध चलाइरहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय