रहेनन् पोखरेली साहित्यकार पङ्गेनी

पोखरा, ४ वैशाख । गजलकार तथा साहित्यकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । उनको ७० वर्षको उमेरमा मंगलबार पोखरामा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो । निमोनियाको उपचारकै क्रममा उनको निधन भएको हो ।

भोलि बिहान १२:१० बजे मणिपाल अस्पतालबाट उनको शवयात्रा सुरू गरी भलाम जाने बाटोमा रहेको फुलबारी घाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

उनका गजल तथा कविता संग्रह प्रकाशित छन् भने दुईवटा गीत संग्रह पनि प्रकाशित छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय