बाबुराम भन्छन्-‘द रेड सुटकेस’ सबैले हेर्नुपर्ने चलचित्र

काठमाडौ। पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली चलचित्र ‘द रेड सुटकेस’ लाई जादुयी यथार्थवादी चलचित्र भएको टिप्पणी गरेका छन् ।

आइतबार साँझ चलचित्र हेर्न पुगेका भट्टराईले भनेका छन्-‘संभवत: नेपालको पहिलो जादूयी यथार्थवादी ( magical realist ) चलचित्र ‘द रेड सुटकेस’ गम्भीर र कलात्मक सिनेमाका पारखीकालागि निकै रोचक रहेछ।’

गोरखाली युवा फिडेल देवकोटाको लेखन/निर्देशन, रामकृष्ण पोखरेल निर्माता र सौगात मल्ल, विपिन कार्की,प्रविण खतिवडा, सृष्टि श्रेष्ठको अभिनय रहेको यो विल्कुल नयाँ विधाको फिल्म शुरूमा अलि ओझेलमा परेको जस्तो देखिनु विडम्बनापूर्ण भएको पनि उनको भनाइ छ।

सामान्य दर्शककानिम्ति केही सुस्त र बोधगम्य नभए जस्तो लागे पनि अन्तर्राष्ट्रिय जादूयी यथार्थवादी जनरासंग परिचितकालागि नेपाली सिनेमामा यसको प्रवेश रूचीकर हुनसक्ने भट्टराईको बुझाइ छ।

उनले फिल्म हेर्न सबैलाई आग्रह गर्दै भनेका छन् ‘वैदेशिक रोजगारी र समकालीन राजनीति मूल कथावस्तु रहेको यो फिल्म यसको विशिष्ठ शैली र कलात्मकताकोनिम्ति पनि सबैले र विशेषतः नेपाली भन्दा अन्तर्राष्ट्रिय फिल्म हेर्न रूचाउने युवा पुस्ताले अवश्य हेरून् !’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय