इरानद्वारा इजरायलमा कैयौं ड्रोन र मिसाइल आक्रमण

एजेन्सी, २ वैशाख । इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले जनाएको छ ।

सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमणमा आईआरजीसीका सात सदस्यको मृत्यु भएको झण्डै दुई सातापछि यो आक्रमण भएको हो । तेहरानले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायली हमलाको जवाफमा यो हमला गरेको बताएको छ ।

शनिबार टेलिभिजन सम्बोधनमा इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले भनेका छन्, ‘इरानले आफ्नो क्षेत्रबाट इजरायल राज्यको क्षेत्रतर्फ मानवरहित हवाई वाहनहरू प्रहार गरेको छ।’

आक्रमणपछि हाल इजरायलमा तनावको स्थिति छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय