इलाम-२ मा कांग्रेस र स्वतन्त्र उम्मेदवार डेकेन्द्र पछि सुहाङ !

काठमाडौं, २ वैशाख । वैशाख १५ गते शनिबार हुने इलाम-२ को उपनिर्वाचनमा राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवार समेत यतिबेला भेटघाट र भोट माग्न ब्यस्त छन् । इलाम-२ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पुर्व सभामुख एवं संविधानसभा अध्यक्ष स्व.सुभाष नेम्वाङको निर्वाचन क्षेत्र हो। २०८० भदौमा उनको मृत्यु भएपछि यहाँ उपचुनाव हुन लागेको हो।

रोचक कुरा त यो चुनावी प्रतिस्पर्धामा नेकपा एमालेले उनै नेम्वाङ पुत्र सुहाङ नेम्वाङलाई उम्मेदवार उठाएको छ। एमाले उम्मेदवार सुहाङलाई नेकपा माओवादी केन्द्रको पनि समर्थन छ। तर,उनलाई इलाम-२ का जनताले केटाकेटी उम्मेदवार भन्दै आलोचना गरेका छन् । सुभाष नेम्वाङलाई जस्तो दरिलो साथ जनताले दिने हुन् वा होइनन् त्यो बैशाख १५ मै थाहा होला । तर सुहाङले चुनाव जित्न कठिन भएको र मेहनत लगाउनुपर्ने मतदाताको भनाइ छ।

अर्का उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका डम्बर खड्का छन् । उनी २०७९ मंसिर ४ को निर्वाचनमा स्व.नेम्वाङसंग ११४ मतले पराजित भएका थिए। यसपटक चुनावी नतिजा आफ्नो पक्षमा पार्ने उनको दाउ छ। यसैका लागि उनको चुनावी कमान्डर बनेर पार्टी महामन्त्री विश्वप्रकाश शर्मा इलाममै घरदैलो गरिरहेका छन् । केही दिन अघि अर्का महामन्त्री गगन थापा पनि इलाम पुगेर भोट मागेर फर्केका छन् । डम्बरले सामाजिक काममा सक्रिय र जनतासँग भिजेको युवा नेताको छवि बनाएका छन् । जसले उनि चुनाव जितेर संसद छिर्नेमा ढुक्क देखिन्छन् ।

तर,यतिबेला इलाम-२ मा एमाले-कांग्रेस दुबै पार्टीका उम्मेदवारलाई चुनौती दिइरहेका छन् स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह थेगिमले । एकातिर अनुभवी र पाका उम्मेदवार अर्काेतिर पहिचान पक्षधरदेखि केही साना दलको समेत समर्थन पाएका डेकेन्द्र सबैभन्दा बलिया प्रतिस्पर्धीका रुपमा देखा परेका छन् ।

डेकेन्द्रलाई जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी सहित धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङको समेत पुर्ण समर्थन छ। उनले पहिचान पक्षधरको प्रतिनिधित्व गर्दै संसद छिर्ने र कोशी प्रदेशलाई पहिचान सहितको नयाँ  नामाकरण गर्ने कुरालाई मुख्य एजेन्डा बनाएका छन् ।

उता यी सबै उम्मेदवारलाई पाखा लगाएर चुनावी नतिजा आफ्नो पोल्टामा पार्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू पनि चुनावी मैदानमा नै ब्यस्त देखिन्छन् ।तर,उनी भर्खरै माओवादी पार्टी छाडेर रास्वपा प्रवेश गरेका र उनको जितले इलाम-२ का जनताको लागी कुनै नयाँ उत्साह दिन नसक्ने एकाथरीको आरोप छ। अघिल्लो पटक १२ सय मत मात्रै ल्याएको रास्वपाले अहिले जित्ने कुरा संभावना नै नभएको अन्य उम्मेदवार बताउँछन् । उनीहरुले एक अर्कालाई आफ्नो प्रतिष्पर्धी देखिरहदा रास्वपा उम्मेदवारलाई भने प्रतिस्पर्धामा नै नभएको बताइरहेका छन् ।

मतदाताको कुरा सुन्दा र दलहरूको चुनावी दौडलाई हेर्दा यतिबेला इलाम-२ मा नेपाली कांग्रेसका डम्बर खड्का,स्वतन्त्र उम्मेदवार  डेकेन्द्र सिंह थेगिम र सुहाङ लिम्बुका बिचमा प्रतिस्पर्धा हुने र रास्वपा उम्मेदवार मिलन लिम्बुले चौथो स्थान पाउने अनुमान धेरैले गरेका छन् । यद्यपि यसको अन्तिम फैसला बैशाख १५ मा इलाम-२ का मतदाताले नै गर्नेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...