मसालको महामन्त्रीमा ९० बर्षिय सिंह निर्वाचित
काठमाडौं । नेकपा मसालको महामन्त्रीमा पुनः मोहनविक्रम सिंह निर्वाचित भएका छन् ।उनि ९० वर्षको उमेरमा फेरि मसालको महामन्त्री बनेका हुन् ।
भुमिगत र अर्ध भुमिगत हुँदै केहि समयदेखि खुला भएका सिंह ४० बर्षदेखी सो पार्टीको नेतृत्वमा छन् । उनि पुनः नेकपा (मसाल) को महामन्त्री चयन भएकोमा बधाई पाइरहेका छन्।
ब्यक्ति खुला भएपनी पार्टी भुमिगत नै रहेको नेकपा मसालको बैधानिक मोर्चा ‘राष्ट्रिय जनमोर्चा नेपाल’ हो। यसले राष्ट्रिय जनमोर्चाको नाममा चुनाव लड्ने गरेको छ । हाल चित्रबहादुर केसी यसको अध्यक्ष छन् र उनी प्रतिनिधि सभा सदस्य समेत हुन् ।
केही दिनअघि भूमिगत रुपमा काठमाडौँमा भएको मसालको नवौं महाधिवेशनबाट ९० वर्षीय सिंह पुनः पार्टीको महामन्त्रीमा चुनिएको बताइएपनी अन्य पदाधिकारी तथा सदस्य गोप्य छन् । सिंहले आफ्नै मामा र अन्य सहकर्मीलाई पार्टीबाट निकालेर आफै महामन्त्री बन्दै आइरहेका छन् ।
६६ बर्षको उमेरमा २०५७ सालमा पार्टीकै कार्यकर्ता दुर्गा पौडेलसँग दोस्रो विवाह गरेका सिंहको पार्टीबाट बाबुराम भट्टराई,हरिबोल गजुरेल,टोपबहादुर रायमाझी,परि थापा,डिलाराम आचार्य,लिल बहादुर थापाहरु बाहिरिएका थिए।