ताइवानमा शक्तिशाली भुकम्प, जापान र फिलिपिन्समा सुनामीको चेतावनी

एजेन्सी, २१ चैत । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प हो । भुकम्प पछि करिब एक हप्तासम्म यस्तै खालका परकम्पहरु आउन सक्ने भन्दै सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ ।

यस भूकम्पपछि छिमेकी मुलुकहरु जापान र फिलिपिन्समा सुनामी आउने चेतावनी दिइएको छ । जापानले ओकिनावाको तटीय क्षेत्रबाट मानिसहरूलाई सुरक्षित बाहिर निस्कन सल्लाह दिएको छ । सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ ।

त्यस्तै फिलिपिन्सको प्रशासनले पनि तटीय क्षेत्र खाली गर्न आदेश जारी गरेको छ। भूकम्पबाट भएको अन्य क्षतिबारे विस्तृत जानकारी भने आइसकेको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय