नाउपा विवाद : रेशमले रन्जितालाई डिभोर्स दिएर पार्टी बचाउने !

काठमाडौं, २१ चैत । वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टी यतिबेला श्रीमान-श्रीमतीको झगडाको सिकार भएको छ । पार्टी संरक्षक रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता रेशम चौधरी र पार्टी अध्यक्ष रहेकी उनकी श्रीमती रन्जिता श्रेष्ठको विवाद बढ्दै गएर पार्टी कार्यालयमै कुटाकुट, मुद्दा र निश्कासन सम्म पुगेको छ । दुई दिन अघि रेशम पक्षीय केही नेताले रन्जिता पक्षीय नेताकार्यकर्ता कुटेको भन्दै प्रहरीमा उजुरी परेको छ। त्यस लगत्तै अध्यक्ष रन्जिताले पार्टीको गण्डकी र बागमती प्रदेश अध्यक्षलाई निश्कासन गरेकी छन् ।

कैलालीको टिकापुर घट्नामा जेल बसेका रेशम ८ बर्षपछी राष्ट्रपतिबाट आममाफी पाएर छुटेका हुन् । रेशम जेलमा रहेकाबेला श्रीमती रन्जिताले पार्टी दर्ता गरेकी थिइन् । यद्यपि पार्टीको बिधानदेखि दर्ता गर्ने योजना सबै रेशमकै थियोे । प्राविधिक हिसाबले पार्टी नेतृत्व गर्न नमिल्ने भएर रेशमले आफू संरक्षक बसेर रन्जितालाई अध्यक्ष बन्न आग्रह गरेका थिए।

जब पार्टीले स्थानीय तह र प्रदेश अनि प्रतिनिधि सभामा केही सिट जित्यो अनि पार्टी भित्र लफडा सुरु भयो। रेशम जेलबाट छुट्दा रन्जिता सरकारमा मन्त्री भैसकेकि थिइन् । त्यसपछि श्रीमान श्रीमती बिचको शक्ति संघर्ष चर्किदै जादा अहिले त्यसको बाछिटाले पार्टी विघटन वा फुटको संघारमा पुगेको नाउपा नेताहरू बताउँछन् । रन्जिताकै कारण दाङका सुरेन्द्र चौधरी लगायत नेताहरूले पार्टी छाडेको र अन्य नेताकार्यकर्तामा पनि निरासा बढ्दै गएको रेशम पक्षीय नेताहरूको बुझाइ छ।

पछिल्लो समय श्रीमती रन्जिताले प्रचण्ड सरकारलाई नै समर्थन गरेर मन्त्री बन्ने तयारी गरिरहदा रेशम भने सत्ताको खेलमा नलागी पार्टी निर्माणमा लाग्नुपर्ने भन्दै आइरहेका छन् । यहि बिषयमा विवाद हुँदा रेशमले आफू झण्डै ‘आत्महत्या’को अवस्थामा पुगेको समेत भनेका छन् । उनले तीन महिनादेखी राम्रोसँग खाना नखाएको र पार्टी कार्यालय मै सुतेको समेत भनेका छन् । रन्जिताले फ्ल्याट लिएर बसेपनी रेशम पार्टी कार्यालयको एउटा कोठामा बस्दै आएका छन् ।

श्रीमती रन्जिताको व्यबहारले दिक्क भएका रेशमले अब कठोर निर्णय लिन लागेको उनी पक्षीय नेताहरू बताउँछन् । स्रोतका अनुसार रेशमले श्रीमती रन्जिता श्रेष्ठलाई ‘डिभोर्स’ दिएर भएपनी पार्टी बचाउने र आगामी निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने अवस्थामा पुर्‍याउने बताएका छन् । रन्जिताले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरा सुनेको तर आफ्नो कुरा नसुनेको रेशमको गुनासो छ।

यसैबीच नाउपाको विवादमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले पनि चासो राखेको बुझिएको छ। मंगलबार बेलुकी श्रीमान रेशम र दिउसो श्रीमती रन्जितालाई भेटेर प्रचण्डले सम्झाइसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय