पर्वतमा श्रीमान्-श्रीमति घरभित्रै मृत फेला

पर्वत, २० चैत । पर्वतको जलजला गाउँपालिका-२ मा श्रीमान–श्रीमती घरभित्रै मृत फेला परेका छन् ।

मङ्गलबार विहान स्थानीय सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घर्ती घरभित्रै मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलको प्रकृति हेर्दा उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

लुटपाट पनि भएको हुनसक्ने देखिएको छ । यसबारेमा थप अनुसन्धान सुरु गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय