जिल्ला अस्पताल धादिङमा कार्यरत डा.प्रतिभा काठमाडौमा मृत फेला

काठमाडौ। जिल्ला अस्पताल धादिङमा कार्यरत एक चिकित्सक काठमाडौको छाउनीमा मृत अवस्थामा फेला परेकी छन् ।

काठमाडौ महानगरपालिका–१३ छाउनीमा घर भै धादिङमा कार्यरत सर्जन डा.प्रतिभा धौभडेल आफ्नै घरमा मृत भेटिएकी हुन् । उनी गत असारदेखि जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् ।

डा.प्रतिभालाई सलले पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पताल लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

२०८० असार २५  गतेदेखि धादिङबेशी स्थित जिल्ला अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौ आएकी हुन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय