भारतीय प्रोफेसर एसडी मुनीको पुस्तकबारे चर्चा

काठमाडौ,४ चैत।भारतीय प्रोफेसर एसडी मुनीको नयाँ पुस्तक ‘डबलिङ इन डिप्लोमेसी’ बारे शनिबार काठमाडौमा समिक्षा गरिएको छ।
पुर्व राष्ट्रपति डा.रामवरण यादव,पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई,लेखक प्रोफेसर मुनी सहित अन्य बक्ताले पुस्तकबारे चर्चा गरेका थिए। पुस्तकमा नेपाल,श्रीलंका र लाओसका बिषयसंगै प्रोफेसर मुनीका निजि बिचार र उनको पृष्ठभुमि समेटीएको छ।
सो अवसरमा पुर्व राष्ट्रपति डा.रामवरण यादवले माओवादी आन्दोलनलाई शान्तिपुर्ण रुपान्तरण र नेपालको राजनीतिक स्थायित्वमा प्रोफेसर मुनीको बिशेष भुमिका रहेको स्मरण गराए। उनले भारतका धेरैजसो प्रधानमन्त्रीसंग प्रोफेसर मुनीको सम्बन्ध राम्रो हुनु र नेपाल सम्बन्धि जानकार पनि भएका कारण प्रोफेसर मुनीले नेपाललाई धेरै गुन लगाउन सकेको बताए।
पुर्व प्रधानमन्त्री डा.भट्टराईले भारत र मुनीसंगको आफ्नो सम्बन्ध, माओवादी जनयुद्ध , शान्तिप्रक्रिया जस्ता बिषयमा उठ्नेगरेका प्रायोजित भ्रमहरूको निवारण प्रोफेसर मुनीको पुस्तकले गरेको भन्दै ती बिषयमा चर्चा गरे।
डा.भट्टराईले कुनै नेपालीले जवाहरलाल नेहरु विश्वविद्यालय(जेएनयु)मा अध्यन गरेको छ र प्रोफेसर एसडी मुनीसंग संगत गरेको छ भने त्यत्ति कुराले नेपालमा तरंग र आतंक पैदा हुनेगरेको समेत सुनाए।
उनले ४५ बर्षदेखि प्रोफेसर मुनी संगको संगतबाट आफुले धेरै कुराको ज्ञान पाएको भन्दै सिक्ने कुरालाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिए।
उनले आफू राजतन्त्र र सामन्तवादको अन्त्य हुनुपर्छ भनेर लागेको ब्यक्ति भएकोले बढी जिज्ञासु हुनेगरेको र त्यही समयमा जेएनयुको पढाइले पुर्ण मानव बन्न सिकाएको स्मरण गरे। तर,भारतमा बसेर जेएनयु अध्यन गरेका कारण कतिपय ब्यक्तिहरुले यथार्थ नबुझी आरोप लगाउने गरेको कुरामा उनले खण्डन गरे।’बाबुरामको सम्बन्ध मुनि संग अनि मुनीको सम्बन्ध ‘र’ संग भन्ने भ्रम फैलाउने गरिन्छ’ उनले भने,-‘बाबुराम माओवादी आन्दोलन र एसडी मुनीबारे जुन भ्रम छन् ती सबै कुरामा पुस्तकले बोलेको छ,राम्रोसँग अध्यन गरे स्पष्ट हुनसकिन्छ।’

पुस्तकका लेखक प्रोफेसर एस डी मुनीले पुस्तकलाई कुनै राजनीति वा उच्च शैक्षिक ज्ञानका लागि भन्दा पनि साथीहरू र विद्यार्थीको मन राखिदिन मात्रै लेखेकोले यसमा सबै बिषय पुर्ण छ भनेर नबुझ्न आग्रह गरे।’म किताब नै लेख्न चाहदिन थिए तर मलाइ मेरा साथीहरू र विद्यार्थीले जोड गरेपछि लेखेको हु’ उनले भने,-‘मैले यो पुस्तकलाई एकाडेमिक रुप्पमा लेखेकै होइन। मैले राजनितीमा कसैसँग केही मागिन तर राजनीतिले मलाई घचेट्ने र तान्ने गरिरह्यो। त्यै कुराको केही अंस यो पुस्तक हो।’
उनले नेपालमा कसैले आफुलाई ‘र’ का एजेन्ट भन्ने वा म संग सम्बन्ध भएका ब्यक्तिलाई आरोप लगाउनु नौलो नभै फेसन भएको प्रतिक्रिया दिए।’हामी भारतमा पनि सुन्छौ कि कसैलाई कुनै ब्यक्ति मन पर्दैन अनि अमेरिकी एजेन्ट भनिदिन्छन’-उनले भने।
उनले पुस्तकमा आफुले कसैको बिरोध वा समर्थन नभै जे भोगेको हो र जे सत्य लागेको हो त्यसमा राय मात्रै दिएको स्पस्ट गरे। पुस्तकको परिचर्चाका लागि नेपाल आएका प्रोफेसर मुनीलाई कालोझण्डा देखाए १० हजार दिने ट्वीट सार्वजनिक भएको बारे पनि उनले मुख खोले। ‘आजै बिहान मैले एउटा ट्विट देखें जहाँ मलाई कालो झण्डा देखाउनेलाई १० हजार दिने उल्लेख थियो। त्यसैले म आफैं कालो कपडा लगाएर आए, ताकी कालोझन्डा संग म्याच होस र मलाइ पनि १० हजार मिलोस’-प्रोफेसर मुनीले व्यंग्य गरे।
कार्यक्रममा प्रा.डा कृष्ण खनाल,लेखक सिके लाल, पुर्व राजदूत प्रा.लोकराज बराल,भोला थापा,डा.इन्द्र पौडेल लगायतले प्रोफेसर मुनीको पुस्तकबारे चर्चा गरेका थिए।


