किन अकस्मात् दिल्ली उडिन् आरजु राणा ?

काठमाडौं, ३ चैत । कांग्रेस सांसद एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्‍नी आरजु राणा अकस्मात् भारतको नयाँ दिल्ली उडेकी छन् ।

उनी शुक्रबार साँझ ५ बजेको एयर भिस्ताराको उडानबाट नयाँ दिल्ली गएकी हुन्। यद्यपि उनको अकस्मात् दिल्ली भ्रमणबारे केही खुलाइएको छैन ।

आरजु केही दिनअघि मात्र भारतबाट फर्केकी थिइन् । उनी भारतमै छँदा नेपालमा सत्ता समीकरण समेत फेरिएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय