प्रचण्डको दाबी: मैले बेइमान गरेको होइन, विकासप्रतिको चिन्ताले यो कदम चालेँ

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले बेइमानी नगरेको दाबी गरेका छन् । बिहिबार संसद बैठकमा सम्बोधन गर्दै प्रचण्डले अरुसँग जानेबित्तिकै बेइमान नहुने जिकिर गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बसेर नै आफूलाई राजनीतिक बेइमान भएको निष्कर्ष निकालेको कुरालाई जोड्दै उनले भने, ‘आफूसँग हुँदा इमान, अरुसँग जाने बित्तिकै बेइमान भन्ने हुँदैन। सोझो भाषामा भन्न चाहन्छु, राजनीतिमा केही आशंका आएपछि यो भएको हो।’

उनले राजनीतिक प्रतिबद्धता र विकासप्रतिको चिन्ता र छटपटीको कारणले मैले यो कदम सोचेरै यो कदम चालेको बताए । ‘कसैलाई मेरो कदम अस्थिर लाग्न सक्छ, भर्खरै मैले समाचारमा पढेँ। नेपाली कांग्रेसको संसदीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाल्नुभयो भन्ने पढेँ। यथार्थ के हो, अहिले नेपाली कांग्रेसका प्रतिनिधिले भन्नुहोला,’ उनले भने, ‘यसलाई मैले जसरी संक्षिप्तमा व्याख्या गर्ने कोसिस गरेँ, राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटीको कारणले मैले यो कदम सोचेरै चालेको छु।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय