उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने

काठमाडौं, २४ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नवनिर्मित गठबन्धन सरकारको स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।
पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपाका एक नेताले परेवान्युजलाई जानकारी दिएका छन् ।
यसअघि बुधबार मन्त्रीपरिषद् विस्तार गर्दा जसपाले मन्त्री टुङ्ग्याएको थिएन । स्वास्थ्यमा एमालेका पदम गिरीले नेतृत्व पाउने चर्चा भएपनि गिरी कानुनमन्त्री बनेपछि स्वास्थ्यमा जसपाको भाग पर्ने सहमति भएको हो ।

