नेपाली काँग्रेसको फेसबुकबाट अश्लील सामग्री पोस्ट

काठमाडौं, २२ फागुन । नेपाली काँग्रेसको आधिकारिक फेसबुक अकाउन्टबाट अश्लील सामग्री पोस्ट भएको छ । एक विदेशी ग्रुपमा नेपाली काँग्रेसको एकाउन्टबाट अश्लील भिडियोको लिङ्क पोस्ट भएको भेटिएको हो ।
एक काँग्रेस नेताका अनुसार गएको २-३ दिनदेखि नै काँग्रेसको एकाउन्टमा समस्या देखिएको र ह्याक भएको बताइएको छ । प्राविधिक टोली एकाउन्ट रिकभर गर्न प्रयासरत रहेको बताइएको छ ।
जाइबा अफिसियल नामक पेजमा काँग्रेसको ३ लाखभन्दा बढी फलोअर्स भएको पेजबाट उक्त सामग्री पोस्ट भएको भेटिएको हो ।

