नेपाललाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य

काठमाडौं, १९ फागुन । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको आफ्नो चौथो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेलिरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १२० रन बनायो । उसका लागि ओपनर म्याक्स ‌डाउडले सर्वाधिक ३१ रन बनाए । त्यस्तै टिम भान डर गुग्टेनले २४ रन बनाउँदा रोलफ भान डर मर्वा २३ रनमा अविजित रहे ।

नेपालका लागि प्रतिश जिसीले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए । कुशल मल्लले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए । करण केसीले ३ ओभरमा १३ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय