तपाईं समय भन्दा अगाडि महिनावारी चाहनुहुन्छ ?

काठमाडौं, ५ पुस । घरमा कुनै शुभ कार्य  भैरहेको छ ? वा तपाईं कतै यात्रामा निस्कने योजना बनाउदै हुनुहुन्छ तर, महिनावारीको पालो त्यही समयमा पर्नेवाला छ ?

यदि महिनावारी ढिलो हुने गरेको छ अथवा कुनै काम विशेषले गर्दा निर्धारित मितिभन्दा चाँडै महिनावारी होस् भन्ने चाहनुभएको छ भने केहि खानपानमा सुधार गरेमा समस्याको समाधान गर्न् सकिन्छ ।

महिनावारी चाँडो गराउन यी ६ खानेकुरा खानुहोस् फलफूल र तरकारी क्यारोटिनको मात्रा उच्च भएका फलफूल खाने गर्नाले महिनावारी चाँडो हुन्छ । मेवा, फर्सी, गाजरजस्ता फलफूल र तरकारीमा क्यारोटिन बढी मात्रामा पाइन्छ । क्यारोटिनले शरीरमा एस्ट्रोजेन हा-र्मोनको मात्रा बढाइदिन्छ, जसकारण महिनावारी चाँडै हुन्छ ।

त्यसैगरी रातो मासु बढी खाने गर्नाले शरीरमा बढी ताप उत्पन्न हुन्छ र महिनावारी निर्धारित मितिभन्दा चाँडै हुन जान्छ । सक्खर खानाले पनि महिनावारी चाँडै हुने गरेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् ।

उम्लँदै गरेको पानीमा एक चिम्टी बेसार हालेर बिहान र राति पिउने गर्दा पनि हुन्छ। महिनावारी हुनुभन्दा १५ दिनअघिदेखि लगातार यसो गर्दा पाँच दिनअघि महिनावारी भएका उदाहरण प्रशस्तै भेटिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय