बाबुरामको झटारो: क्रान्तिकारीलाई गोलीले भन्दा सत्ताको गुलियोले सिध्याउने भो !

काठमाडौं, १५ फागुन । नेपाल समाजवादी  पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले गरीब,किसान र मजदूरको संरक्षण नगरेको आरोप लगाएका छन् ।

मंगलबार राती सामाजिक संजालमा बाबुरामले लेखेका छन्-‘हिजो गरीब किसान-मजदूरकोनिम्ति लडेकाहरूले नेतृत्व गरेको सरकारले सूदखोरी (निजी र संस्थागत) पीडित गरीबहरू (अधिकांश महिलाहरू) को राजधानी-केन्द्रित आन्दोलनका माग इमान्दारितापूर्वक शीघ्र समाधान गर्नुसट्टा उनीहरूलाई सामान्य प्रक्रियागत मुद्दा तेर्स्याएर दमन गर्नु लज्जास्पद र भर्त्सनायोग्य छ!’

उनले अझै अगाडी लेखेका छन्-‘अझै आफ्ना प्रशासनिक र सुरक्षा कमजोरीको जिम्मेवारी लिनुसट्टा सर्वसाधारण पैदल हिड्ने बाटो छेकेर निषेधित क्षेत्र घोषणा गर्नु अधिनायकवादको परिचायक भएको प्रष्टै छ।’

त्यसैगरी डा.भट्टराईले आफ्ना पुर्व सहकर्मी समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै लेखेका छन्-‘क्रान्तिकारीहरुलाई बन्दुकको गोलीले भन्दा सत्ताको गुलियोले छिटो सिध्याउॅछ भनेको यस्तै हो कि?’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय