बिराटनगर उड्न लागेको यति एयरलाइन्सको इन्जिनमा समस्या !
काठमाडौ,१४ फागुन । काठमाडौ त्रिभुवन विमानस्थलबाट पुर्वको विराटनगर उड्न लागेको यति एयरलाइन्सको जहाजमा समस्या देखिएपछि विमानलाई पुनः धावनमार्गबाट पार्किङमा फर्काइएको छ।
विमानको इन्जिनमा समस्या देखिएको कारण उड्न लागेको अवस्थामा विमान फर्काइएको स्रोतको भनाइ छ । इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत देखाएपछि वमान फर्काउनु परेको हो।
बिहान ८:३० मा काठमाडौबाट बिराटनगर उड्न लागेको एनवाइटी ७८७ विमानको चेकजाँच पछि अर्को उडान तय हुने बताइएको छ।

