देशभरको मौसम आंशिक बदली, वर्षाको सम्भावना भने छैन
काठमाडौं, १४ फागुन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।