इलाम र बझाङमा वैशाख १५ मा उपनिर्वाचन हुने

काठमाडौं, १३ फागुन । इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकबाट उक्त निर्णय भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जनाए ।

आइतबार बसेको आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय लिएको थपलियाले बताए ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ भने बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त पद पनि रिक्त छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय