भुर्तेलको अर्धशतकमा नेपालद्वारा नेदरल्यान्ड्सलाई मध्यम लक्ष्य

काठमाडौं, १३ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई १७३ रनको मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १७२ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । ९३ बल खेल्दै कुशलले ८ चौकासहित ६६ रन बनाए । त्यस्तै करण केसीले २६ तथा आरिफ शेखले २२ रन बनाए । अर्का ‌ओपनर आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन बनाए ।

नेदरल्यान्ड्सका आर्यन दत्तले १० ओभरमा १६ रन दिएर ३ विकेट लिए । त्यस्तै भिभियन किङ्‍माले १० ओभरमा रन दिएर विकेट लिए । बास डे लिडेले २ तथा रोलफ भान डर मर्वेले १ विकेट लिए ।

नेदरल्यान्ड्स केहीबेरमा जवाफी ब्याटिङमा उत्रने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय