डा.शशांकको चियापानमा सभापति देउवा देखि डा.शेखरसम्म (हेरौं तस्बिर)

काठमाडौ,१२ फागुन। नेपाली कांग्रेसका नेता एवं पुर्व महामन्त्री डा. शशांक कोइरालाले पार्टी महासमिति बैठकमा आएका महासमिति सदस्यको सम्मानमा पार्टी सभापति सहित नेताकार्यकर्तालाई चियापान गराएका छन् ।

शनिबार काठमाडौको लैनचौर स्थित बैन्केटमा उनिद्वारा आयोजित चियापानमा पार्टी सभापति शेरबहादुर देउवा,नेता डा.शेखर कोइराला,महामन्त्री बिश्वप्रकाश शर्मा,पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह,पुर्व उपसभापति गोपालमान श्रेष्ठ लगायत कांग्रेसका धेरै जसो केन्द्रिय सदस्य र महासमिति सदस्य सहभागी थिए।

डा.शशांकसँग सांसद प्रतिमा गौतम, नेता हरिबोल भण्डारी र प्रदेश सांसद श्रीराम लामिछाने

आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्नसक्ने बताउदै आएका डा.शशांकले महासमिति बैठकमा धर्म निरपेक्ष र गठबन्धन बारे फरक धारणा पनि राखेका थिए। कांग्रेसका नेताहरू भन्छन् डा.शशांकको त्यो अभिव्यक्तिमा धेरैले समर्थन जनाएका छन् ।

चियापान समारोहमा पनि उनले संक्षिप्त्त भनाइ राख्दै गोदावरीमा सम्पन्न महासमिति बैठकपछि कांग्रेस पार्टी एकताबद्ध र जुझारु भएर अगाडि बढ्नेमा ढुक्क हुन सबै नेताकार्यकर्तालाई आश्वस्त पारे। उनले समारोहमा उपस्थित भएका सभापति देउवाको समेत प्रशंशा गरे।’विपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गर्नुभएको थियो, उहाँको सङ्घर्षलाई कांग्रेसले भुल्नुहुँदैन’, उनले भने,-‘बीपी कोइरालाले जेल बसेर अनेक दु:ख सहेर हुर्काएको पार्टीलाई बर्तमान सभापति (शेरबहादुर जि)ले पनि गार्हो अफ्ट्यारो सबै समयमा मिलाएर अगाडी बढाउनुभएको छ।’

सभापति शेरबहादुर देउवासँग डा.शशांक

चियापानमा पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय(डिना),पार्टी  प्रबक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महत,रामहरि खतिवडा,प्रचार बिभाग प्रमुख मीन बिश्वकर्मा,राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा,दिलेन्द्रप्रसाद बडु,शंकर भण्डारी,उदयशम्सेर राणा,बालकृष्ण खाण,प्रदिप पौडेल,अम्बिका बस्नेत लगायत सयौं नेताकार्यकर्ता सहभागी थिए।

पुर्व गृहमन्त्री बालकृष्ण खाण
पुर्व महामन्त्री कृष्ण सिटौला
राष्ट्रिय सभा सदस्य बिष्णुदेवी पुडासैनी र कांग्रेस बागमती प्रदेस सदस्य नानु दाहाल
दाइ डा.शेखर सँग डा.शशांक

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...