शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको घट्‍यो

काठमाडौं, २७ पुस । शुक्रबार सुनको मूल्य केही बढेको छ । एक सातादेखि घट्दो क्रममा रहेको सुनको मूल्य शुक्रबार भने तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ७५० तोकिएको थियो ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । बिहीबार तोलामा १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय